Present Continuous Passive Voice

Present Continuous Passive Voice को प्रयोग वर्तमान समयमा कुनै काम भइरहेको वा अगाडि बढिरहेको अवस्था जनाउन गरिन्छ—जहाँ काम कसले गर्दैछ भन्ने भन्दा पनि कुन काम भइरहेको छ भन्ने कुरा प्रमुख हुन्छ । नेपालीमा वाक्यको अन्त्यमा धातुसँग ‘इँदैछ’, ‘इँदैछन्’, ‘इँदैछु’, ‘इँदैछौ’ जस्ता प्रत्ययहरू आउँदा यो Tense को Passive Voice प्रयोग हुन्छ ।

केही उदाहरणहरू हेरौं:

  • कोठा सफा गरिँदैछ । — The room is being cleaned.
  • सडक मर्मत गरिँदैछन् । — The roads are being repaired.
  • मलाई नयाँ कुरा सिकाइँदैछ । — I am being taught something new.

संरचनाहरू (Structures)

  • Object + is/am/are + being + V₃ (+ by + Agent) — (गरिँदैछ, खाइँदैछ, पिइँदैछ)
  • Object + is/am/are + not + being + V₃ — (गरिँदै छैन, लेखिँदै छैन)
  • Is/Am/Are + Object + being + V₃ ? — (के गरिँदैछ ?, के पढाइँदैछ ?)
  • Wh-word + is/am/are + Object + being + V₃ ? — (कहाँ बनाइँदैछ ?, किन पिटिँदैछ ?)

📌 नोट (याद राख्नुपर्ने कुरा):

  • Continuous भन्ने बित्तिकै बुझ्नका लागि संरचनामा ‘being’ थप्नै पर्छ ।
  • Singular Object सँग Is being, Plural Object सँग Are being, र I सँग Am being प्रयोग हुन्छ ।
  • यसमा पनि क्रिया सधैं V₃ (Past Participle) रूपमै रहन्छ ।

नेपाली र English उदाहरणहरू (Categorized Examples)

नेपाली English
[Affirmative / सकारात्मक]
यतिबेला रंगशालामा फुटबल खेलिँदैछ । Football is being played in the stadium right now.
बुबाद्वारा नयाँ गाडी धोइँदैछ । A new car is being washed by father.
गरिबहरूलाई खाना वितरण गरिँदैछ । Food is being distributed to the poor.
[Negative / नकारात्मक]
यहाँ अहिले कुनै मिटिङ गरिँदै छैन । No meeting is being held here at the moment.
यो कोठामा रङ लगाइँदै छैन । This room is not being painted.
उनलाई कलेजमा जिस्क्याइँदै छैन । She is not being teased at college.
[Questions / प्रश्नवाचक]
के तिम्रो मोवाइल मर्मत गरिँदैछ ? Is your mobile being repaired?
के उनीहरूलाई पुलिसद्वारा सोधपुछ गरिँदैछ ? Are they being questioned by the police?
[Wh- Questions]
त्यहाँ के बनाइँदैछ ? What is being made there?
चोरलाई कहाँ लगिँदैछ ? Where is the thief being taken?

थप वाक्यहरू (More Sentences)

  • मेलम्चीको पानी काठमाडौंमा वितरण गरिँदैछ । — Melamchi water is being distributed in Kathmandu.
  • पुराना भवनहरू भत्काइँदैछन् । — Old buildings are being demolished.
  • मलाई यो कामका लागि दबाब दिइँदैछ । — I am being pressured for this work.
  • के अहिले नयाँ नियम लागू गरिँदैछ ? — Is a new rule being implemented right now?
  • चामल बोरामा प्याक गरिँदै छैन । — Rice is not being packed in sacks.
  • बिरामीलाई अस्पताल लैजाँदैछ । — The patient is being rushed to the hospital.
  • यस वर्ष परीक्षा अनलाइनबाट लिइँदैछ । — The exam is being taken online this year.
  • यो समस्या कसरी समाधान गरिँदैछ ? — How is this problem being solved?

Exercises (अभ्यासहरू)

1. Sentence completion exercises (Fill in the blanks with Present Continuous Passive):

  1. Look! A new bridge _____________ (build) over the river.
  2. The application forms _____________ (not accept) today.
  3. _____________ the dinner _____________ (prepare) right now?
  4. English _____________ (speak) by the students in the class at this moment.

2. Translate the following sentences into English:

  1. मेरो कोठा अहिले सफा गरिँदैछ ।
  2. के त्यहाँ नयाँ चलचित्र खिचिँदैछ (shoot) ?
  3. बालबालिकाहरूलाई गृहकार्य सिकाइँदै छैन ।
  4. यो लुगा कहाँ सिलाइँदैछ ?

3. Translate the following paragraph into English:

हाम्रो गाउँमा अहिले एउटा ठूलो विकासको काम भइरहेको छ । नयाँ बाटो खनिँदैछ र पुराना रुखहरू काटिँदैछन् । गाउँका मानिसहरूलाई नयाँ प्रविधिबारे तालिम दिइँदैछ । केही मानिसहरूद्वारा विरोध पनि गरिँदैछ, तर धेरैजसो बासिन्दाहरू खुसी छन् किनभने गाउँको मुहार फेरिँदैछ ।